२०२२ सम्म सामाजिक दूरीको आवश्यकता: हार्वड विश्वविद्यालय

२०२२ सम्म सामाजिक दूरीको आवश्यकता: हार्वड विश्वविद्यालय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्न र अस्पतालहरूमा बिरामीको चाप घटाउनको लागि सन् २०२२ सम्म सामाजिक दूरीको आवश्यकता पर्ने हार्वर्ड विश्व विद्यालयको अध्ययनले देखाएको छ ।

कोभिड १९ को मोडलमा गरिएको अध्यन अनुसार संक्रमणको नयाँ वृद्धि रोक्नका लागी अरु थप दुइ वर्ष सामाजिक दूरी आवश्यकता रहेको बताएको छ । साइन्स जर्नलमा प्रकाशित अध्ययन अनुसार अनुसन्धानकर्ताहरूले चेतावनी दिएका छन् ‘सामाजिक दूरीका उपायहरू एकैचोटि हटाउदाँ रोकथाममा ढिलाइ हुने र यसले संक्रमणको अवस्था वृद्धि हुने र त्यो धेरै गम्भीर हुन सक्ने देखाएको छ ।’

उनीहरूले चेतावनी दिएका छन् कि एक पटक मात्र सामाजिक दूरीका उपायहरु अपनाएर त्यो पर्याप्त हुनेछैन । हाल संयुक्त राज्य अमेरिकामा सामाजिक दूरीको उपाय अप्रिल ३० मा समाप्त हुदैछ । तर स्वास्थ्य विशेषज्ञहरु कोरोना भाइरसलाई हराउनका लागी सामाजिक दूरीका उपायहरु जारी राख्न आग्रह गरिरहेका छन् । अध्ययनले आगामी केही वर्षहरूमा कोरोना भाइरसको प्रक्षेपक्रममा केही कारकहरूले भूमिका खेल्ने देखाएको छ । यदि यो र शरिरको प्रतिरक्षाको सीमा र मौसमी कारण हो भने स्वास्थ्य विज्ञहरूको विचारमा यो असम्भव छ कि कोभिड–१९ सार्स–कोभ–१ जस्तै एक छोटो महामारी भएर गहन सार्वजनिक स्वास्थ्य उपायहरूले अवलम्वन पछि उन्मूलन हुनेछ । यसको सट्टामा मौसम अनुसार संचारण भई महामारी इन्फ्लूएन्जासँग मिल्न सक्नेछ ।

हार्वड विश्व विद्यालयका टि.एच चेन स्कुल अफ पब्लिक हेल्थले अरु मानव जातीको ज्ञात कोरोना भाइरसको प्रयोग गरेका थिए । ज्ञात कोरोना भाइरस र कोभिड–१९ को बीचमा केहि क्रस –इम्युनिटी – बहु वर्षीय अन्तक्रियाको मोडल बनाउनको लागी उनीहरुले जाच्नको लागी यो मोडलको प्रयोग गरे कि आगामी पाँच वर्षमा कोभिड–१९, को गतिशिलतलाई नियन्त्रण गर्नको लागी सामाजिक दूरीको उपायहरुलाई कति समयसम्म कायम राख्नु पर्ने आवश्यकता हुन्छ ।  हालको स्थितीको आधारमा, अनुसन्धानकर्ताहरूले भन्छन कि आउने वर्षहरुको मुख्य कारक भनेको भाइरस प्रतिरोधात्मक क्षमता दर हराउनु हो ।

अझै वैज्ञानिकहरूले यसलाई निर्धारण गर्न अझै बाँकी नै छ । अनुसन्धानकर्ताहरूले भन्छन हालको स्थितीका सबै परिदृश्यको अनुसार एक पटक या बीच बीचमा अपनाइने सामाजिक दूरीको उपायहरु सहित जब सामाजिक दूरीको उपायहरु हटाइने छ संक्रमण फेरी बढ्नेछ । उनीहरुको मोडेलबाट यो संकेत गर्दछ कि जब सामाजिक दूरीको उपायहरु रोकिने छ । तब भाइरस फैलने गति तीव्र हुनेछ । तीव्र जाडोयामा यो प्रकोपको रुपमा फैलन सक्नेछ । मौसमी रुघाखोकिको बेलामा अस्पलालले थाम्न नसक्ने अवस्था हुन सक्नेछ ।

अर्को परिदृश्यको अध्यनमा कोभिड–१९ सन् २०२५ सम्ममा देखा पर्न सक्नेछ । अनुसन्धानकर्ताहरु भन्छन् नयाँ उपचार विधिले कडा सामाजिक दूरीको उपायहरुलाई कम गर्न सक्दछ । तर पनि यसलाई निगरानीका साथसाथै बीच बीचमा दूरीलाई २०२२ सम्म निरन्तरता दिनुपर्ने बताउछन् । सामाजिक दूरी कायम राख्दा अस्पतालहरूले समय दिएर राम्रोसंग उपचार गर्न सक्नेछन् भने यसले जनसंख्यामा प्रतिरोधात्मक शक्तिको पनि विकास गर्नेछ । अनुसंधानकर्ताहरुले यो पनि लेख्छन् ‘हाम्रो लक्ष्य यस प्रकारको निति बनाउनको लागी सर्मथन दिनु होइन’ तर वैकल्पिक दृष्टिकोण को रुपमा महामारीको संभावित लक्षणहरुलाई पत्ता लगाउनु हो ।

अतिरिक्त हस्तक्षेप जसमा प्रभावकारी उपचार गर्न र महत्वपुर्ण हेरचाह क्षमतालाई बढाउनु हो । बीचबीचमा अपनाइने दूरीले सफलता प्राप्त गर्नेछ र प्रतिरक्षाको अधिग्रहणमा द्रुत गति लिनेछ । लगिंटजुडिनल सेरोलोजिकल अध्यनहरु तत्काल सार्स–कोभ–२ (कोभिड १९) को प्रतिरोधक क्षमता र अवधि निर्धारण गर्न आवश्यक छ । पूर्णरुपमा उन्मूलन भईसकेको स्थितिमा पनि सार्स–कोभ–२ (कोभिड १९) लाई निगरानी राख्नु पर्नेछ किनकि सन् २०२४ को अन्त सम्ममा फेरी पनि पुनः देखिन सक्ने संभावना रहने छ ।

दिपक बिक/एजेन्सी

Logo