ग्रहिका पृथ्वीमा आइपुग्ने सम्भावना शून्य : चिनियाँ खगोलविद्

ग्रहिका पृथ्वीमा आइपुग्ने सम्भावना शून्य : चिनियाँ खगोलविद्

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

एक चिनियाँ खगोलशास्त्रीले पृथ्वीको दिशामा रहेको एउटा ग्रहिका (एस्टोरोइड) पृथ्वीमा ठोक्किन सक्ने भनी आएका सूचनाहरू सही नभएको पर्पल माउन्टेन अब्जर्भेटरी नामक चिनियाँ वैज्ञानिक खोज केन्द्रका खगोलविद् झाओ हाईपिनले बताएका छन् ।

अमेरिकी अन्तरिक्ष अध्ययन संस्था (नासा) ले सन् १९९८ मा पत्ता लगाएको र ५२७६८ नामाकरण सङ्केत दिइएको ग्रहिका पृथ्वीमा खस्ने आधार शुन्य रहेको उनले बताएका हुन् । अनुमानित २५ किलोमिटर व्यास भएको उक्त ग्रहिका पृथ्वीमा ठोकिएको खण्डमा विश्वमा ठूलो क्षति निम्त्याउन सक्ने भएपनि यसो हुने शुन्य सम्भावना रहेको उनको दावी छ ।

केन्द्रका खगोलविद् हाईपिनले भने, “यस ग्रहिकालाई पत्ता लगाएपछि विश्वभरका अन्तरिक्ष अध्ययन निकायले यसबारे सुक्ष्म अध्ययन गर्दै आएका छन् र यस सम्बन्धी कक्षीय तथ्याङ्कहरूको सही आँकडा निकालेका छन् ।”

उनले भने, “यो ग्रहिका आगामी अप्रिल २९ मा प्रतिसेकेण्ड ८.६९ किलोमिटरको गतिमा पृथ्वीतर्फ आउनेछ तर यो पृथ्वीको सतहबाट करिब ६२ लाख ८० हजार किलोमिटर टाढासम्म मात्र आइपुग्नेछ । यो दूरी भनेको पृथ्वीबाट चन्द्रमासम्मको दूरीको १६.४ गुणा टाढा हो । त्यसैले ग्रहिकाले पृथ्वीलाई ठक्कर दिने वा पृथ्वीमा खस्ने आधार शुन्य रहने देखिन्छ ।”

पूर्वी चीनको जियाङ्सु प्रान्तमा रहेको झाआको अब्जर्भेटरीका वैज्ञानिकहरूले यस ग्रहिकाको गतिविधिलाई ध्यानका साथ अध्ययन गरिरहेका बताएका छन् । ग्रहिका पृथ्वीको नजिकतर्फ आउन थालेपछि यही अप्रिल ४ तारिखदेखि यसका गतिविधिलाई टेलिस्कोपको माध्यमबाट उनीहरूले हेरिरहेका छन् र यसबारे तथ्याङ्क सङ्कलन गरी खगोलशास्त्रीहरूको अन्तर्राष्ट्रिय अध्ययन केन्द्र ‘माइनर प्लानेट सेन्टर’ मा थप अध्ययनका लागि पठाइरहेका छन् ।

झाओको अन्तरिक्ष अवलोकन तथा अनुसन्धान केन्द्रले यसको गतिविधिबाट यस्ता ग्रहिकाबारे उपलब्धिमुलक तथ्यहरू फेला पारेको दावी गरिएको छ । विश्वका कतिपय अनलाईन सञ्चारमाध्यमहरूले ५२७६८ नामक यस ग्रहिकाले पृथ्वीमा ठक्कर दिने समाचारहरू सार्वजनिक गरेका छन् ।

उनले सञ्चारकर्मीसँग भने, “हामी साना पिण्डहरूको गतिविधिबारे वेखबर छैनौँ, चिन्ता लिनु पर्दैन, खगोलशास्त्र र यसको अध्ययनबारे चासो देखाएकोमा धन्यवाद ।” उनले भने, वैज्ञानिकहरूले ग्रहिकाको प्रभावलाई कम गर्ने वा प्रतिरक्षाका लागि उपायहरू विकास गर्नसक्छन् ।रासस

Skip This
Skip This
Logo