ट्रम्पद्वारा वासिङ्टनमा संकटकालकाे घाेषणा

ट्रम्पद्वारा वासिङ्टनमा संकटकालकाे घाेषणा

केन्द्रबिन्दु
0
Shares

वासिङ्टन ।

आफूविरुद्ध अमेरिकी संसदमा महाभियोग प्रस्ताव पेस गरिएलगत्तै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वासिङ्टनमा संकटकाल लगाएका छन् । ट्रम्पले जनवरी ११ देखि २४ सम्मका लागि उक्त संकटकाल लगाएका हुन्।

नवनिर्वाचित राष्ट्रपति जो बाइडनले वासिङ्टनमा २० जनवरीमा पदको शपथ लिँदैछन्। संकटकाल लागू भएसँगै अमेरिकामा भिडन्त हुने आशंका गरिन थालिएको छ। शपथ ग्रहण समारोहमा हिंसा हुने आशंका बढेकाले संकटकाल लगाउनु परेको जनाइएको छ।

ट्रम्प समर्थकबाट हिंसा हुन सक्ने भन्दै स्थानीय प्रहरी र संघीय अनुसन्धान अधिकारीले चिन्ता व्यक्त गरेका छन्। यससँगै बाइडन र उपराष्ट्रपति कमला ह्यारिसको शपथ ग्रहण प्रभावित हुने अनुमान गर्न थालिएको छ।

गत साता क्यापिटल बिल्डिङ (अमेरिकी संसद् भवन)मा आक्रमण भएको थियो। उक्त हिंसामा पाँच जनाको मृत्यु भएको थियो। संकटकालीन अवस्थामा उचित सहयोग पुर्‍याउन सहज हुने ह्वाइट हाउसको कथन छ। जनधन र सार्वजनिक स्वास्थ्य एवं सुरक्षाका लागि यो नै उचित उपाय भएको बताइएको छ।एजेन्सी

Logo