काठमाडौं ।
कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपाललाई अनुदान सहयोग गर्ने भएको छ । आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टिलिन जर्जिवाले प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाको संक्रमणसँग लड्न आर्थिक सहयोग गरेको जनाएकी हुन् ।
‘आज मलाई यो कुरा भन्दा खुसी लागेको छ कोभिडको प्रभावलाई सम्बोधन गर्नका लागि हाम्रो कार्यकारी सञ्चालक समिति बैठकले अनुदान उपलब्ध गराउने निर्णय गरेको छ’ प्रबन्ध निर्देशक क्रिस्टिलिन जर्जिवाद्धारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ ।
सो अनुदान रकमले गरिब र कमजोर देशहरुलाई आगामी ६ महिनामा प्रारम्भिक चरणका लागि मुद्रा कोषको ऋण दायित्व पुर्ति गर्न सहयोग पुग्ने आइएमफले जनाएको छ । सहयोग नेपाल, हैटी,अफगानिस्तान, मालीलगायतका २५ देशहरुलाई रहेको आइएमफले जनाएको छ । साथै, आइएफएफले यी मुलुहरुलाई सहयोग गर्न आर्थिक रुपमा बलिया देशहरुलाई अनुरोध समेत गरेको छ ।





























प्रतिक्रिया