कोरोना नियन्त्रण गर्न मोदीको ७ आग्रह

कोरोना नियन्त्रण गर्न मोदीको ७ आग्रह

केन्द्रबिन्दु
0
Shares

भारतमा आगामी बैशाख २१ (मे ३ ) सम्म लकडाउन लम्बिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीको नाममा सम्बोधन गर्दै लकडाउन आगामी बैशाख २१ गतेसम्म लकडाउन लम्बिएको घोषणा गरेका हुन्।

मोदीले आफ्नो सरकारले गरेको निर्णयहरूले भारतमा कोरोनाभाइरसको प्रकोप कम गर्न मद्दत गरेको दाबी गरे । केही समय अगाडि भारतकै जस्तो अवस्थामा रहेका देशहरूको अवस्था खराव भएको बताउंदै उनले सामाजिक दूरी र लकडाउनले ठूलो फाइदा गरेको दाबी गरे।  लकडाउनका बेला विभिन्न ७ ओटा कुरामा ध्यान दिन पनि उनले आग्रह गरेका छन्।

१. घरमा रहेका विरामी र वृद्ध–वृद्धाको विशेष हेरचाह गरौँ।

२. सामाजिक दुरीलाई पूर्णरुपमा पालना गरौँ। सधै मास्क प्रयोग गरौँ।

३. आफ्नो रोग प्रतिरोधी क्षमता बढाउन आयुष मन्त्रालयको निर्देशन पालना गरौँ।

४. सबैले आरोग्य सेतू मोबाइल एप डाउनलोड गरौँ।

५. गरिब परिवारको खानाको आवश्यकता पूरा गरौँ।

६.  कामदारलाई कामबाट ननिकालौं।

७. डाक्टर, नर्स, सर–सफाईकर्मी, प्रहरीलाई आदर सम्मान गरौँ।

सरकारले लकडाउनको सम्बन्धमा बुधवार विस्तृत निर्देशिका जारी गर्ने पनि उनले बताए । भारतमा कोरोनाभाइरस  संक्रमितको संख्या १० हजार ४५३ जना  पुगेको छ भने यसबाट मृतकको संख्या ३५८ पुगेको छ ।

Logo