जेनेभा ।
कोरोना भाइरसको सङ्क्रमणका कारण संयुक्त राज्य अमेरिकामा विगत २४ घण्टामा अहिलेसम्मकै धेरै दुई हजार १०८ व्यक्तिको मृत्यु भएको जोन हकिन्स विश्व विद्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । एकै दिनमा दुई हजारभन्दा बढी व्यक्तिको मृत्यु हुने अमेरिका पहिलो मुलुक बनेको छ ।
अमेरिकामा कोभिड–१९ को सङ्क्रमणबाट २० हजार भन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या इटालीको भन्दा बढी पुगेको छ । यहाँ संक्रमितको संख्या ५ लाख २९ हजार ७४० पुगेको छ ।
इटालीमा १९ हजार ४६८ व्यक्तिको मृत्यु भएको छ भने सङ्क्रमणका कारण बढी व्यक्तिको मृत्यु हुने अन्य मुलुकमा स्पेन १६ हजार ६०६, फ्रान्स १३ हजार ८३२, बेलायत ९ हजार ८७५, इरान ४ हजार ३५७, बेल्जियम ३हजार ३४६, चीन ३ हजार ३३९, जर्मनी २ हजार ८७१ र नेदरल्याण्डमा २ हजार ६४३ रहेका छन् ।
सङ्क्रमितको सङ्ख्या सबैभन्दा बढी अमेरिका ५ लाख २९ हजार ७४० पुगेको छ । स्पेन १ लाख ६३ हजार २७, इटाली १ लाख ५२ हजार २७१, फ्रान्स १ लाख ३० हजार ७३०, जर्मनी १ लाख २५ हजार ४५२, चीन ८३ हजार १४, बेलायत ७९ हजार ८८३, इरान ७० हजार २९, टर्की ५२ हजार १६७ र बेल्जियममा २८ हजार १८ रहेको छ । इटाली र स्पेनमा पछिल्ला केही दिनदेखि सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या क्रमशः घट्दो रफ्तारमा देखिएको छ ।
विश्वभर १७ लाख ७८ हजार ३१५ सङ्क्रमित भएका छन् भने एक लाख ८ हजार ८२८ को मृत्यु भइसकेको छ । त्यस्तै ४ लाख ४ हजार ३१ जना निको भएर घर फर्किएका छन् । विश्वभरि ४९ हजार ९१३ जनाले अझै जटिल सङ्क्रमणका कारण उपचार सेवा लिइरहेका छन् । रासस





























प्रतिक्रिया