कोरोना भाइरसले परिवर्तन गर्दै इन्टरनेट प्रवृत्ति, फेसबुकको दैनिक ट्राफिक १७ करोड पुग्यो

कोरोना भाइरसले परिवर्तन गर्दै इन्टरनेट प्रवृत्ति, फेसबुकको दैनिक ट्राफिक १७ करोड पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वको आधा भन्दा बढी जनसंख्या कोरोना भाइरस र लकडाउनका कारण घरमा नै बसिरहेको छ । कार्यालयदेखि स्कुल कलेज सबै बन्द छन् । यस्तो अवस्थामा हप्तौंदेखि आफ्नै घरमा बसिरहेका मानिसहरुले इन्टरनेटमा बढी समय बिताउनु अस्वभाविक होइन । अनलाइन डाटा प्रदायक सिमिलर वेब र एप्टोपियाका अनुसार, महामारी फैलिए पछि इन्टरनेटको प्रयोगमा ठूलो परिवर्तन आएको छ ।

विश्लेषकका अनुसार, सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन अर्थात सीडिसीको लोकप्रियताले धेरै ठूला समाचार वेबसाइटहरुलाई पनि पछाडि पारेको छ । कोरोना भाइरस खोजी (सर्चिङ) का कारण सीडिसीको होम पेजमा औसत उपयोगकर्ताहरु १० करोड भन्दा बढि पुगेका छन् भने विकिपिडियाको अवस्था निरन्तर खस्किदै गइरहेको छ ।

कोरोना महामारीको कारण मात्र इन्टरनेटको उपयोग बढेको छैन, प्रयोगकर्ताहरुले इन्टरनेट प्रयोगको तरिका पनि परिवर्तन गरेका छन् । मानिसहरु फोन भन्दा अधिक मात्रामा वेबसाइटहरु तर्फ आकर्षित हुन थालेका छन् । १५ जनवरीदेखि २४ मार्चसम्मको डाटाको आधारमा तयार गरिएको यस रिपोर्ट अनुसार, फेसबुक डटकमको दैनिक ट्राफिक १२ करोडबाट बढेर १७ करोड पुगेको छ भने, एप प्रयोगकर्ताको संख्या केवल १.१ प्रतिशतले वृद्धि भएको छ ।

यस बाहेक नेटफ्लिक्स डटकममा १६ प्रतिशतले वृद्धि भएको छ । साथै यूट्यूब डटकम १५.३ प्रतिशतले वृद्धि भएको छ । एप कम्पनीलाई भने ४.५ प्रतिशतले नोक्सान भएको छ ।

स्कुल कलेजहरु तालाबन्दीमा छन्, तर कार्यालयका कर्मचारीहरुलाई भने घरबाट पनि काम दिइएको छ । यस्तो अवस्थामा गुगल क्लासरुममा पढाई र स्कुल असाइनमेन्टका लागि ट्राफिक बढेको छ । यही समयमा मानिस कार्यालयका कामका लागि जुम, गुगल हाङ्गआउट्स र माइक्रोसफ्ट टिप्स प्रयोग गर्दैछन् । लगातार बढ्दो प्रयोगकर्ताहरुका कारण कम्पनीहरुले उनीहरुको गोपनियता नीतिहरुलाई नै परिवर्तन गरेका छन् ।

धेरै प्रमुख खेलहरु र लीगहरु कोरोना महामारीका कारण स्थगित गरिएको छ । त्यसैगरी स्वभाविक रुपमा खेलकुद-मनोरञ्जनले धेरै समस्या भोगेको छ । भिडियो गेमहरुको लोकप्रियता भने बढेको छ । रिपोर्ट अनुसार, इएसपीएन डटकमका प्रयोगकर्ता ४० प्रतिशतले घटेका छन् । भने, भिडियो गेम स्ट्रिमिङ् साइट ट्वीच टिभिमा ट्राफिक १७ प्रतिशतले बढेको देखिएको छ । यही समयमा भिडियो बनाउने र शेयरिङ एप टिकटकको प्रयोगकर्ताहरु पनि बढेका छन् ।

स्रोत : न्युयोर्क टाइम्स (भावानुवाद : सृजना राई)

Logo