काठमाडौं ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ९५ हजार ७३९ पुगेको छ। हालसम्म १६ लाख ४ हजार ९५० जनामा यसको संक्रमण पुष्टि भएको छ।
३ लाख ५५ हजार ६६ जना निको भइसकेका छन् । निको हुनेमा चीनमा सबभन्दा बढी ७७ हजार ६७९ रहेका छन् ।
अमेरिकामा एकैदिन १ हजार ९०० को ज्यान गएको छ। त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ हजार ४७८ पुगेको छ। ४ लाख ६६ हजार ६३ जनामा संक्रमण पुष्टि भएको र २५ हजार ९८८ निको भएका छन्।
फ्रान्समा एकैदिन १ हजार ३४१ ले ज्यान गुमाएका छन्। यहाँ ज्यान गुमाउनेको संख्या १२ हजार २२८ पुगेको छ। त्यस्तै १ लाख १८ हजार ७८३ मा संक्रमण पुष्टि भएको छ।
स्पेनमा थप ५ हजार २ जनामा संक्रमण पुष्टि भएको छ। यहाँ एकैदिन ६५५ जनाको ज्यान गएको छ। ज्यान गुमाउनेको संख्या १५ हजार ४४७ पुगेको स्पेनमा संक्रमित १ लाख ५३ हजार २२२ छ ।
इटालीमा पछिल्लो २४ घण्टामा थप ४ हजार २०४ मा संक्रमण भएको छ। यहाँ १ लाख ४३ हजार ६२६ मा संक्रमण भएको छ। इटालीमा एकैदिन ६१० जनाको मृत्यु भएसँगै मृतक संख्या १८ हजार २७९ पुगेको छ।
जर्मनीमा १ लाख १८ हजार २३५ संक्रमित भएका, ५२ हजार ४०७ निको भएका छन् भने २ हजार ६०७ जनाको मृत्यु भएको छ ।
इरानमा ६६ हजार २२० संक्रमित छन् । यहाँ ४ हजार ११० को मृत्यु भएको छ भने ३२ हजार ३०९ निको भएका छन् ।





























प्रतिक्रिया