कोरोना भाइरसको महामारी पुनः फर्कन सक्ने भन्दै चिनियाँ राष्ट्रपतिको चेतावनी (भिडियोसहित)

कोरोना भाइरसको महामारी पुनः फर्कन सक्ने भन्दै चिनियाँ राष्ट्रपतिको चेतावनी (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

 

चिनियाँ राष्ट्रपति सि जिनपिङले चीनमा पुनः कोरोना भाइरसको महामारी फर्कन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् । वुहानबाट सुरु भएको कोरोना भाइरसले अहिले युरोपलाई केन्द्रबिन्दु बनाइरहेकाले कुनैपनि बेला फर्किन सक्ने भन्दै उनले सतर्क रहन आग्रह गरेका हुन् ।

सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको पोलिट ब्युरो बैठकमा बोल्दै राष्ट्रपति सी ले विदेशबाट आउनेहरुमाथि उच्च निगरानी र सतकर्ता अपनाउन निर्देशन दिएका छन् ।

कोभिड १९ को महामारीले चीनमा ३ हजार ३ सय ३५ जनाको ज्यान गइसकेको छ । त्यहाँ ८१ हजार ८ सय जना संक्रमित भएका छन् । वुहानमा ७६ दिनपछि बुधबार लकडाउन खुला गरिएको थियो । सिन्ह्वाका अनुसार वुहानमा अहिले सार्वजनिक यातायात र उद्योग कलकारखाना सूचारु भएका छन् ।

यसैबीच दक्षिण अफ्रिकन राष्ट्रपति सिरिल रामाफोसाले लकडाउनको नियम उल्लंघन गरेको भन्दै सञ्चारमन्त्री स्टेलान्दाबेनी अब्राहम्सलाई कारवाही गरेका छन् । उनलाई दुई महिनाको ‘विशेष विदा’ दिँदै एक महिनाको तलब कटौती गरिदिएका हुन् । भिडियोमा :

 

Logo