काठमाडौं । भारतमा अहिलेसम्म नोवेल कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या तीन हजार ५ सय २ पुगेको छ ।
भारतको स्वास्थ्य मन्त्रालयका सचिव लव अग्रवालले बताए अनुसार सबै भन्दा बढी संक्रमण युवामा देखिएको छ । अहिलेसम्म भेटिएका संक्रमित मध्ये ४२ प्रतिशतको उमेर २१ देखि ४० वर्ष रहेको छ । जबकी ३३ प्रतिशत बिरामी ४१ देखि ६० वर्ष उमेर समूहका रहेका छन् । ६० वर्ष भन्दा माथि उमेर समूहका १७ प्रतिशत संक्रमित रहेका छन् । ० देखि २० वर्ष उमेर समूहमा यस भाइरसको संक्रमण जम्मा ९ प्रतिशत मात्र देखिएको छ ।
केही जिल्लामा तीव्र गतिमा संक्रमितको संख्या बढ्दै गएको अग्रवालले बताएका छन् । अहिले संक्रमण रोक्न विस्तृत योजना बनाएर अगाडि बढ्न लागिएको छ । संक्रमितको जानकारी लिनका लागि ३० भन्दा बढी तरिका अपनाइएको छ । जुन मन्त्रालयको वेबसाइटमा जानकारी दिइएको छ । अहिले भारतका सबै राज्यका डाक्टर र स्वास्थ्य कर्मचारीहरुलाई कोरोना भाइरस सम्बन्धी तालिम दिइएको छ ।
आईसीएमआर अधिकारीका अनुसार अब सरकारको मुख्य ध्यान परीक्षण संख्या बढाउनु रहेको छ । अहिले भारतमा एक सातामा ७० हजार संक्रमित जाँच्न सक्ने क्षमता रहेको छ । अहिले पनि भारतले विस्तारै परीक्षण गर्न सक्ने क्षमता बढाइरहेको छ ।
‘तब्लीगी’मा सहभागी १७ राज्यमा संक्रमित भेटिए
स्वास्थ्य मन्त्रालयको जानकारी अनुसार मुस्लिम समुदायको ‘तब्लीगी’मा सहभागी भएका मानिस १७ राज्यमा संक्रमित भेटिएका छन् । कुल संक्रमतिमध्ये १ हजार २३ तब्लीगीमा सहभागी भएका छन् । जसमा तमिलनाडु, दिल्ली, तेलंगाना, आंध्र प्रदेश, कर्नाटक, अंडमान निकोबार, उत्तराखण्ड, केरला, अरुणाचल प्रदेश, हरियाणा सहित अन्य प्रदेशमा रहेका छन् । ती मानिसको सम्पर्कमा आएका २२ हजार मानिस अहिले क्वारेन्टाइनमा रहेका छन् ।
अग्रवालले बताए अनुसार अहिले तब्लीगीमा सहभागी भएका सम्पूर्ण मानिसको खोजी कार्य जारी छ । उनले भने–’यदी हामीले एउटा पनि व्यक्ति खोज्न सकेनौ भने हामीमाझ पुरै देश मुश्किलमा पर्नेछ । हामीले सबैमा अपिल गर्दछौ कि सबैले हामीलाई साथ दिनुहोस ।’
अत्यावश्यक सामानको आपूर्ति जारी
गृह मन्त्रालयका अनुसार पुरै देशभर लकडाउनको कार्यान्वयन सरकारको निर्देशन अनुसार नै भइरहेको छ । लकडाउनको समयमा अत्यावश्यक समानको कमी हुन नदिन आपूर्ति बढाइएको छ । यसका साथै केन्द्र सरकारबाट राज्य सरकारलाई कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि पहिलो किस्ता स्वरुप ११ हजार ९२ करोड दिइएको छ ।
त्यस्तै भाइरसको संक्रमण रोक्न राज्य सरकारले आफ्नो तरिकाले रकम खर्च गर्न सक्छ । लकडाउनका कारण ठाउँ ठाउँमा रोकिएका मजदूरको समस्या समाधान गर्न मन्त्रालयकले कन्ट्रोल रुम बनाएको छ । जसमा २ सय कर्मचारीहरुले काम गर्दै आएका छन् ।
घरबाट बाहिर निस्कदा अनिवार्य मास्क लगाउ
स्वास्थ्य मन्त्रालयका सचिव अग्रवालले बताए अनुसार घरबाट बाहिर निस्कदा सबै मानिसले मास्क लगाउन जरुरी छ । त्यसका लागि आफैले घरमा बनाएको मास्कको पनि प्रयोग गर्न सकिन्छ । सबैले डाक्टरले प्रयोग गर्ने वा मेडिकलमा पाइने एन ९५ मास्क प्रयोग गर्नुपर्छ भन्ने जरुरी छैन् घरमा बनाएको मास्कले पनि धुलो माटोका साथै हातले नाकलाई छुनबाट बचाउँछ ।































प्रतिक्रिया