सडकमा दुईभन्दा बढी मानिस उभिए ५ सय युरो जरिवाना

सडकमा दुईभन्दा बढी मानिस उभिए ५ सय युरो जरिवाना

केन्द्रबिन्दु
0
Shares

विश्‍वभर कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणका लागि जर्मन सरकारले कडा नियम बनाएको छ।

जस अनुसार अब सडकमा दुईभन्दा बढी मानिस उभिए ५ सय युरो जरिवाना तिर्नु पर्नेछ। जर्मनीकी चान्सलर एङगेला मर्केलले जनतालाई घर नछाड्न आदेश दिँदै यस्तो जानकारी गराएकी हुन्। किराना पसल र मेडिकलमा भने यो लागू हुने छैन। यसका साथै जर्मन सरकारले मानिसहरुलाई पाँच फिटको सामाजिक दूरी कायम गर्न भनेको छ भने दुईभन्दा बढी मानिस भेला हुन प्रतिबन्ध गरेको छ।

यस्तै त्यहाँका १६ स्थानीय सरकारहरुले पनि सोही नियमको पालना गराउन आफ्नो स्थानीय निकायमा जानकारी गराएका छन् । जर्मनीको सबैभन्दा ठूलो राज्‍य बाभारियामा सबैभन्दा धेरै कोरोना भाइरसको संक्रमितको पुष्टि भएको छ।

जर्मनीमा ९१ हजार १५९ जना कोभिड १९ बाट संक्रमित छन्। मृतकको संख्या एक हजार २ सय ७५ पुगेको छ।

Skip This
Skip This
Logo