भारतमा कोराना भाइरस सङ्क्रमणका ६ सय ४७ व्यक्ति तवलिगी जमातसँग सम्बन्धित, स्वास्थ्य मन्त्रालय

भारतमा कोराना भाइरस सङ्क्रमणका ६ सय ४७ व्यक्ति तवलिगी जमातसँग सम्बन्धित, स्वास्थ्य मन्त्रालय

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली ।
भारतका विभिन्न १४ राज्यमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका व्यक्ति दिल्लीस्थित निजामुद्दिन मश्जिदमा हालै सम्पन्न इस्लामको धार्मिक सभा तबलिगी जमातसँग सम्बन्धित भेटिएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

‘भारतमा सङ्क्रमण पुष्टि भएका व्यक्तिमध्ये निजामुद्दिनमा भएको तबलिगी जमातमा सहभागी भएर घर फर्किएका वा उनीहरूसँगको सम्पर्कबाट सङ्क्रमित भएका व्यक्ति रहेको सरकारको तथ्यांक रहेको छ’–मन्त्रालयका सह–सचिव लव अग्रवालले भने–‘ती सङ्क्रमणहरू अण्डमान, निकोबार, असाम, दिल्ली, हिमाञ्चल, हरियाणा, जम्मु तथा काश्मिर, झारखण्ड, कर्नाटक, महाराष्ट्र, राजस्थान, तामिलनाडु, तेलङ्गना, उत्तराखण्ड र उत्तर प्रदेशमा भेटिएका हुन् ।’

विगत २४ घण्टामा मृत्यु भएका १२ व्यक्तिमध्ये केही व्यक्ति तबलिगी जमात धार्मिक कार्यक्रमका सहभागी र उनीहरूका आफन्त रहेका छन् । भारतमा केही विदेशबाट आएका व्यक्तिबाट भित्रिएको विश्वास गरिएको कोरोना भाइरस सङ्क्रमण थप फैलिनमा भारतीय राजधानीमा केही दिन पहिले सम्पन्न तगलिबी जमात सभा पनि जिम्मेवार रहेको अधिकारीहरूले दाबी गरेका छन् ।

महाराष्ट्र, कर्नाटक र तेलङ्गनामा भएका केही मृत्यु तबलिगी जमातमा सहभागीमध्येबाट भएका पनि पुष्टि भएको हो । ‘फस्र्ट इन्फर्मेसन रिपोर्ट (फआईआर) ले यसपहिले नै भारतको सङ्क्रामक रोग नियन्त्रण ऐन १८९७ अनुसार सरकारले सङ्क्रमण फैलिन नदिन गरेको राष्ट्रव्यापी निर्णयको उल्लङ्घन गर्दै राष्ट्रिय राजधानीमा उक्त धार्मिक सभा गरेको आरोपमा तबलिबी जमातका प्रमुख मौलाना साद र यसका अन्य जिम्मेवार अधिकारीविरूद्ध मुद्दा दर्ता गरेको छ ।

भारतीय चिकित्सा अनुसन्धान परिषद् (आइसीएमआरका) मनोज भि मुर्हेकरका अनुसार भारतभर विभिन्न १८२ ल्यावहरूले कोभिड–१९ सङ्क्रमण परीक्षण गरेका छन् भने यीमध्ये १३० सरकारी ल्याब रहेका छन् । उनीहरूले विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमणको आशंका लागेका आठ हजार व्यक्तिको नमूना परीक्षण गरेका छन् ।

भारतमा कतिपय व्यक्तिलाई सङ्क्रमणको आशंकापछि क्वारेन्टाइनका लागि अस्पतालमा लग्ने क्रममा प्रहरी र अनुगमनका लागि अस्पताल भर्ना गरिएकोमा कतिपय व्यक्तिले  स्थ्यकर्मीमाथि पनि अभद्र व्यवहार देखाएको भन्ने सूचनाबारे सोधिएको प्रश्नमा गृह मन्त्रालयका सहसचिव पुन्य सलिला श्रीवास्तवले आक्रमण गर्नेलाई कानुनअनुसार सजायँ हुने बताए ।– रासस/एएनआई

Logo