एक नेपालीको हेराईमा अष्ट्रेलियाको कोरोना रोकथाम प्रति सरकारको सर्तकता

एक नेपालीको हेराईमा अष्ट्रेलियाको कोरोना रोकथाम प्रति सरकारको सर्तकता

केन्द्रबिन्दु
0
Shares

अष्ट्रेलिया,

अष्ट्रेलियाले कोरोना भाइरसको यो महामारीलाई जुन तवरले व्यवस्थापन गरेको छ त्यो निकै प्रशंसनिय छ । भनिन्छ, देशको बागडोर सम्हालिरहेकाहरुको असली परीक्षा देश कठिन परिस्थितीबाट गुज्रिरहेको बेला हुन्छ । र यो अवस्थामा अष्ट्रेलियालाई सान्त्वना दिँदै हरेक दिन यहाँका प्रधानमन्त्री Scott Morrison र स्वास्थ्यमन्त्री Greg Hunt ले प्रत्येक कदमहरुका बारेमा सुसूचित गराउँदै आएका छन् । त्यो बाहेक हरेक राज्यका जिम्मेवार पधाधिकारीहरुबाट पनि हरेक दिन नयाँ नयाँ सूचना सम्प्रेषित भइरहेको छ । हालसम्म अष्ट्रेलियाको स्थिती यस्तो छ :

१.आज बिहान ६ बजेसम्मको अवस्था हेर्दा अष्ट्रेलियामा अहिलेसम्म ११ हजार ११९ जना संक्रमित भएका छन् । कुल १५८ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरु सबै ६५ वर्ष भन्दा माथीका छन् ।

२.संक्रमित मध्ये १,७४९ जना निको भइसकेका छन् ९९ प्रतिशत सामान्य अवस्थामा छन् र अधिकांश आफ्नै घरमा उपचार गराईरहेका छन् ।  १ प्रतिशतको अवस्था गम्भिर छ र उनीहरु अस्पतालमा छन् ।

३. २० लाख भन्दा बढी मानिसले रोजगारी गुमाएका छन् । तर सरकारले अर्को ६ महिनासम्मको लागि राहत स्वरुप उनीहरुलाई नगद र विविध सुविधा प्रदान गर्ने निर्णय गरिसकेको छ।

४.ढोका बन्द गरेका वा आर्थिक रुपमा निकै संकटमा रहेका व्यवसायहरुका लागि पनि धेरै प्याकेजहरु मार्फत राहत प्रदान गर्ने निर्णय गरिएको छ।

५.अहिलेसम्म लकडाउन गरिएको छैन तर सेमि लकडाउनको अवधारणामा धेरै कुराहरु बन्द छन् । घर बाहिर २ जना भन्दा बढी जम्मा हुन पाईँदैन । रेस्टुरेन्ट, पब,क्लब, सिनेमा हल, क्यासिनो आदि भिड हुने ठाउँहरु बन्द छन् ।

६.सुपरमार्केट, औषधी पसल, मेडिकल क्लिनिकहरु जस्ता अत्यावश्यक ठाउँहरु सुचारु छन् ।

७.स्कुलहरु अहिलेसम्म खुले पनि बच्चाहरुलाई घरमै राख्न त्यस्लाई प्रोत्साहन गरिएको छ । सोही अनुरुप स्कुलहरुले अनलाईन पाठ्यसामाग्री पढाईरहेका छन् । प्रायजसो युनिभर्सिटीहरुले त अनलाईन विधी नै अपनाएका छन्।

८.प्रायजसो सबै अफिसहरुले आफ्ना स्टाफहरुलाई घरबाटै काम गर्ने प्रबन्ध मिलाईदिएको छ । म आफैँ पनि एक हप्तादेखि घरबाटै काम गरिरहेको छु।

९.बैंकहरुले किस्ता र ब्याज बुझाउने ग्राहकहरुलाई ६ महिनासम्म बुझाए पनि हुने सुविधा दिएको छ।

१०.जुनसुकै बेला लक डाउन हुन सक्ने भन्दै सबैलाई तयार रहन भनिएको छ र अबको कम्तिमा ६ महिनासम्म जीवनयापन सजिलो नहुने बताईएको छ।

समग्रमा भन्दा सरकारले सकेजति गरिरहेको छ। अझै गर्नेछ।हामी सबै कृतज्ञ हुनुपर्दछ।

प्रदिप चापागाईं,
अष्ट्रेलिया

Logo