उत्तर कोरिया ।
चीनमा करिव १८ सय मानिसको मृत्यु भइसकेको कोरोना भाइरस लागेका एक व्यक्तिलाई उत्तर कोरियामा भने मृत्युदण्डको सजायँ दिइएको सार्वजनिक भएको छ ।
त्यहाँको एक समाचारपत्रका अनुसार कोरोनाबाट संक्रमित ती व्यक्तिले क्वारेन्टाइन नै नगरी सार्वजनिक स्नानगृहमा प्रवेश गरेपछि उनलाई मृत्युदण्ड दिइएको हो ।
मृत्युदण्ड पाएका ती व्यक्ति चीन भ्रमणमा गएका थिए । स्वदेश फर्किए लगत्तै उनलाई कोरोना लागेको थियो ।
उत्तर कोरियाले चीन भ्रमणबाट फर्कने सबैलाई कम्तीमा पनि ३० दिनसम्म क्वारेन्टाइनमा राख्ने घोषणा यस अघि नै गरिसकेको थियो ।
एजेन्सी





























प्रतिक्रिया