अमेरिकी राष्ट्रपति ट्रम्पले भारत भ्रमण गर्ने

अमेरिकी राष्ट्रपति ट्रम्पले भारत भ्रमण गर्ने

केन्द्रबिन्दु
0
Shares

नयाँदिल्ली ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नी पत्नी मेलनियाका साथ भारत भ्रमण गर्ने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी आगामी फेब्रुवरी २४ मा भारत भ्रमणमा जान लागेका हुन्।

उनले भारतबाट आफूलाई निम्तो आएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद पनि दिएका छन् ।

भारतीय मिडियाहरुले जनाए अनुसार मोदीको गृहक्षेत्र अहमदाबादमा ‘केम छो ट्रम्प’ कार्यक्रम आयोजना गरिदैछ । अमेरिका र भारतको निकट सम्बन्धका लागि ट्रम्पको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
एजेन्सी

Logo