मुम्बइ।
अभिनेत्री कल्की कोचलिनको जीवनको नयाँ अध्याय सुरु भएको छ । रिपोर्टमा जनाइए अनुसार कल्कीले शुक्रबार छोरीलाई जन्म दिएकी हुन् । यद्यपि अहिलेसम्म कल्कीको तर्फबाट यसको पुष्टि भइसकेको छैन ।
कल्की गर्भवती भएको खबर आएसँगै उनी चर्चामा थिइन् । कल्कीले लगातार बढिरहेको पेटसहितका फोटोहरु सामाजिक संजालमा शेयर गरिरहेकी थिइन् । कल्कीले २०११ मा अनुराग कश्यपसँग बिहे गरेकी थिइन् । यो सम्बन्ध करिब ४ वर्ष चल्यो र २०१५ मा उनीहरुको सम्बन्ध विच्छेद भयो ।
कल्किको क्यारियर सन् २००९ मा रिलीज भएको अनुरागको पहिलो सफल फिल्म देव डीबाट शुरू भयो । उनी अनुरागको निर्माण फिल्म शैतान मा देखा परिन् । कल्कि यी दिनहरुमा धेरै खुसी छिन् । त्यसपछि कल्की गाय हर्शबर्गसँग सम्बन्धमा आएकी थिइन् ।
कल्कीकी यी छोरीका पीता हर्शबर्गनै भएको बताइएको छ । यद्यपि यी दुईको अहिलेसम्म बिहे भएको छैन । कल्कीले गर्भवती भएपछि आफूहरुको सम्बन्धलाई कानुनी रुपमा बिहेको रुप दिने विषयमा हर्शबर्गसँग सल्लाह भइरहेको बताएकी थिइन् ।





























प्रतिक्रिया