काठमाडौं ।
गएको डिसेम्बरकोे अन्त्यमा चिनियाँ बजारमा देखा परेको कोरोना भाइरसले शनिबारसम्म चीनमा ८०३ सहित जम्मा ८०५ व्यक्तिको ज्यान लिएको छ । सङ्क्रमण विश्वभर फैलिएको भएपनि यसले चीनबाहेकका मुलुकमा प्रकोपका रूपमा नदेखिएको विश्व स्वास्थ्य संगठनले जानकारी गराएको छ ।
विभिन्न २८ देशमा फैलिसकेको कोरोना भाइरसको ३४ हजार ८ सयमा संक्रमण फैलिएको छ । अहिलेसम्म १ हजार ५४० जना कोरोना संक्रमितहरु उपचारपछि घर फर्किएका बीबीसीले जनाएको छ ।
चिनियाँ मुख्य भूमि बाहिर विभिन्न ३० स्थानमा करीव २७० व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएको बताइएको छ । अहिलेसम्म हङकङ र फिलिपिन्समा दुई व्यक्तिको मृत्यु भएको छ ।
कोरोना भाईरसबाट ज्यान गुमाउनेको संख्या सन् २००३ मा फैलिएको सार्सको कारण ज्यान गुमाउनेको संख्याभन्दा धेरै पुगेको छ । सार्सका कारण त्यतिबेला ७७४ जनाले ज्यान गुमाएका थिए । नेपाल पनि कोरोनाको जोखिममा रहेकाले सर्तक रहन विज्ञहरुले सुझाव दिएका छन् ।





























प्रतिक्रिया