बेइजिङ ।
चीनमा एक नवजात शिशुमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । चिनियाँ चिकित्सकहरुका अनुसार ती शिशुलाई जन्मिएको ३० घण्टामै कोरोनाको संक्रमण देखिएको हो ।
शिशुकी आमालाई यसअघि नै कोरोना भाइरसको संक्रमण देखिएको थियो । वुहानको एक अस्पतालमा फेब्रुअरी २ मा ती शिशु जन्मिएका थिए । बच्चाको स्वासप्रस्वासमा समस्या देखिएको बताइएको छ ।
साथै आमा र शिशु दुबैलाई स्वास्थ्य निगरानीमा राखिएको छ । चीनमा अहिलेसम्म कोरोनाकै कारण ५ सय ६३ को मृत्यु भइसकेको छ । २८ हजार भन्दा धेरै संक्रमित छन् ।
चीनको वुहानमा सुरु भएको कोरोना भाइरस अहिलेसम्म विभिन्न २७ देशमा फैलिएको छ ।
एजेन्सी





























प्रतिक्रिया