बिपिको वार्षिक खुद नाफा ४ अर्ब डलरले घट्यो

बिपिको वार्षिक खुद नाफा ४ अर्ब डलरले घट्यो

केन्द्रबिन्दु
0
Shares

लन्डन । बेलायतको ऊर्जा क्षेत्रको विशाल कम्पनी ब्रिटिस पेट्रोलियम (बीपी) को गत वर्ष सन् २०१९ को नाफामा ४ अर्ब डलरले कमी आएको छ । कम्पनीको प्रमुख कार्यकारी बब डड्लीका अनुसार तेलको मूल्यमा गिरावट आएका कारण नाफा प्रभावित भएको हो ।

सन् २०१८ मा कम्पनीको नाफा ९ अर्ब ३८ करोड अमेरिकी डलर थियो । लामो समयदेखि कम्पनीको प्रमुख कार्यकारीमा सेवा गरेका डड्लीले यही कारण पद पनि गुमाउनु परेको छ ।

गत वर्षको अक्टोबरमै बीपीमा कार्य गरिरहेका बर्नार्ड लूनीलाई प्रमुख कार्यकारीमा नियुक्त गरिने घोषणा गरिएको छ ।

Skip This
Skip This
Logo