हिन्दू महासभा अध्यक्ष रणजीत बच्चनकाे  हत्या

हिन्दू महासभा अध्यक्ष रणजीत बच्चनकाे  हत्या

केन्द्रबिन्दु
0
Shares

भारतकाे उत्तर प्रदेशको राजधानी लखनउमा आइतबार बिहान अखिल भारतीय हिन्दू महासभाका प्रदेश अध्यक्ष रणजीत बच्चनको गोली हानेर हत्या गरिएको छ ।

प्रदेश अध्यक्ष रणजीत बच्चन आइतबार बिहान ‘मर्निङ्ग वाक’ मा गएका बेला हजरतगञ्ज इलाकामा उनको गोली हानेर हत्या गरिएको बिबिसीले जनाएकाे छ ।

लखनउका अतिरिक्त प्रहरी आयुक्त नवीन अरोडाका अनुसार ‘आइतबार बिहान ६ बजेको समयमा रणजीत बच्चन आफ्ना भाइसँग मर्निङ्ग वाकमा निस्किएका थिए । हजरतगञ्ज इलाकाको सीडीआरआई नजिक केही बदमास समूहले उनको टाउकोमा गोली हानेर हत्या गरे ।’

अतिरिक्त सीपी नवीन अरोडाका अनुसार सन् २००२ र २००९ मा समाजवादी पार्टीको तर्फबाट निकालिएको साइकल यात्रामा रणजीतले महत्वपूर्ण भूमिका निभाएका थिए । उनलाई पार्टीले सम्मान पनि गरेको थियो ।

Logo