ब्रिटेन औपचारिक रूपमा ईयूबाट शुक्रवार मध्यराति पृथक् हुँदै

ब्रिटेन औपचारिक रूपमा ईयूबाट शुक्रवार मध्यराति पृथक् हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । युरोपेली युनियन (ईयु)मा रहिरहने वा छोड्ने भन्नेबारे जनमत संग्रह भएको साढे तीन वर्षपछि आज बेलायतले औपचारिक रुपमा ईयु छोड्दै छ । ग्रिनविच मिन टाइम अनुसार शुक्रबार राती ११ बजेर १ मिनेट हुँदा बेलायत युरोपेली युनियन छोड्ने पहिलो देश हुनेछ ।

सन् २०१६ मा जनमत संग्रह भएयता बेलायतमा तीनवटा प्रधानमन्त्री बनिसकेका छन् भने संसद्मा यही विषयमा पटक–पटक मतदान भएको छ । यी सबै प्रक्रियालाई आजको निर्णयले औपचारिकता प्रदान गर्नेछ ।

यो प्रलयकारी घटनाले ल्याएको परिवर्तन भने बेलायतका आम जनताले तत्काल महसुस गर्नेछैनन् । बेलायती सरकार र ईयुबीच भएको समझदारी अनुसार बेलायत संक्रमण कालमा प्रवेश गर्नेछ । उक्त समझदारीले निर्धारण गरे अनुसार आउँदो ११ महिनासम्म बेलायत ईयुको सदस्य राष्ट्र सरह रहनेछ ।

Skip This
Skip This
Logo