भारतको केरलाको मुख्यमन्त्री पिनाराई विजयनले मकवानपुरको दामनस्थित एभरेस्ट पानारोमा रिसोर्ट घटनामा नेपालसँग क्षतिपूर्तिको माग राख्न विदेशमन्त्री एस जयशंकरलाई पत्र लेखेका छन् ।
मुख्यमन्त्री पिनाराईले पत्रमा घटनाको विस्तृत अनुसन्धानको विवरण समेत माग गरेको भारतीय सञ्चारमाध्यम द न्युज मिनेटले जनाएको छ । मुख्यमन्त्री विजयनले मृतक प्रविणकृष्ण नायरको परिवारसँग भेटघाट समेत गरेका छन् ।
दामनको एभरेष्ट पानारोमा रिसोर्टमा बास बसेका दुई परिवारका आठ सदस्यको मृत्यु भएको थियो । मृत्यु हुनेमा ३८ वर्षीय रन्जित कुमार, ३४ की ईन्द्र कुमार, ३७ का प्रविणकृष्ण नायर, ३२ की सरिया नायर, ५ वर्षका अभी, ७ की अर्चना,५ वर्षका बैशनव र ९ की बन्द्रा छन् ।
यता पर्यटन विभागले घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ । विभागले घटनाबारे स्थलगत अध्ययन गरी १५ दिनभित्र राय सुझावसहित प्रतिवेदन पेश गर्न पाँच सदस्यीय छानबिन टोली गठन गरेको हो ।
उनीहरूले हिटर बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।





























प्रतिक्रिया