सिड्नी ।
अष्ट्रेलियामा आगलागीबाटको क्रममा भोकै भएका पशुपंक्षिका लागि हेलिकप्टरबाट हजारौं केजी खाद्यान्न खसालिएको छ । न्यु साउथ वेल्स क्षेत्रका पशुपंक्षिलाई ठूलो मात्रामा गाजर लगायत फलफूल खसालिएको हो ।
जहाँ गत साता आगलागीका कारण करोडौं पशुपंक्षिको मृत्यु भएको थियो । आगलागी प्रभावित जनावरहरुका लागि न्यु साउथ वेल्स राष्ट्रिय निकुन्ज र वन्यजन्तु आरक्षण केन्द्रले खाद्यान्न तथा फलफूल वितरण गरेको हो ।
यहाँका जनावरका लागि २ हजार २ सय केजी ताजा तरकारी वितरण गरिएको थियो । सरकारले सफलतापूर्वक रुपमा तरकारी र फलफूल वितरण गरिएको जनाएको छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया