प्रतिनिधिसभाद्वारा ट्रम्पको अधिकार कटौती प्रस्ताव पारित

प्रतिनिधिसभाद्वारा ट्रम्पको अधिकार कटौती प्रस्ताव पारित

केन्द्रबिन्दु
0
Shares

वासिंगटन ।

अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिव्सले इरानको मामिलामा युद्ध घोषणा गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको अधिकारलाई सीमित गर्ने प्रस्ताव पारित गरको छ। डेमोक्र्याटको बहुमत भएको प्रतिनिधिसभामा उक्त प्रस्ताव सहज रुपमा पारित भएको छ।

प्रस्तावको पक्षमा २ सय २४ भोट खसेको थियो भने विपक्षमा १ सय ९४ भोट खस्यो। अब यो प्रस्ताव अनुमोदनका लागि सिनेटमा पठाइनेछ। रिपब्लिकनको बहुमत रहेको सिनेटमा यो प्रस्ताव पारित हुन कठिन मानिएको छ।

प्रतिनिधि सभाका सभामुख नेन्सी पेलोसीले इरान विरुद्ध युद्ध घोषणा गर्ने ट्रम्पको शक्ती सिमित गर्न चाहेको बताएकी छिन् । यदि दुबै सदनमा यो प्रस्ताव पारित हुन्छ भने राष्ट्रपति बिना कांग्रेसको अनुमति युद्ध घोषणा गर्न असमर्थ हुनेछ ।

टम्पले एक महत्वपूर्ण पत्रकार सम्मेलनमा उनी इरानविरुद्ध सैन्य तनाव कम गर्न आवश्यक सबै कदम चाल्न तयार रहेको बताएपछि पेलोसीको यो बयान आएको हो ।

यसबीच अमेरिकाको तर्फबाट आएको निसर्त वार्ताको प्रस्तावलाई तेहरानले फेरि पनि अस्विकार गरेको छ। अमेरिकाको कुनै विश्वास गर्न नसकिने बताउँदै वार्ताको औचित्य नभएको तेहरानले जनाएको छ।

यदि यो प्रस्ताव सिनेटबाट पनि पारित भएमा ट्रम्प इरानविरुद्ध सबै सैन्य कारबाही रोक्न बाध्य हुन सक्छ । त्यसपछि इरानविरुद्ध त्यतिबेलासम्म कुनै फैसला गर्न सक्ने छैन जबसम्म यसको अनुमति कांग्रेसले दिँदैन । रिपब्लिकन पार्टीको बहुमत रहेको सिनेटमा प्रस्ताव पारित हुने सम्भावना कम छ।
एजेन्सी

Skip This
Skip This
Logo