संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघको तर्फबाट शान्ति स्थापनाका लागि खटिएका १८ जना शान्ति सैनिक घाइते भएका छन् ।
मालीको दक्षिणी क्षेत्रमा खटिएका शान्ति सैनिक बिहीबार घाइते भएका राष्ट्रसंघका एकजना प्रवक्ताले जानकारी दिएका छन् । “संयुक्त राष्ट्रसंघको तर्फबाट शान्ति मिसनमा पठाइएका शान्ति सेना बसेको सैन्य शिविरमा आज विहान आक्रमण भएको खवर आएको छ, किडाल क्षेत्रको तेस्सालितमा रहेको शिविरमा आक्रमण भएको हो,” प्रवक्ता स्टेफन डुजार्रिकले भने ।
उक्त मिसनमा माली र अन्तर्राष्ट्रिय सुरक्षा फौजका सुरक्षाकर्मीहरू खटिएको पनि स्टेफनले जानकारी दिए । उनले प्रारम्भिक विवरणमा १८ जना शान्ति सैनिक घाइते भएको जानकारी आएको र अन्य विवरण आउने क्रममा रहेको पनि बताए । रासस/सिन्ह्वा





























प्रतिक्रिया