जकार्ता ।
इन्डोनेसियामा ६.२ म्याग्निच्युडको भूकम्प गएको छ । उत्तरपश्चिम क्षेत्र सिमेउलुलाई केन्द्रविन्दु बनाएर भूकम्पको धक्का महसुश भएको हो । जुन राजधानी सुमात्रादेखि पश्चिमतर्फ पर्छ ।
भूकम्पपछि सुनामी आउने डरले स्थानीयहरु त्रसित रहेको बताइएको छ । यद्यपि सरकारले यसबारे कुनै सूचना जारी गरेको छैन । इन्डोनेसियामा भूकम्प र सुनामी यसअघि पनि पटक पटक आउने गरेका थिए । २०१८ मा गएको ७ दशमलब ५ म्याग्निच्युडको भूकम्प र सुनामीबाट २२ सय जनाको मृत्यु भएको थियो ।
रासस





























प्रतिक्रिया