रबात । माेरक्कोमा सन् २०१९ मा अहिलेसम्म कुल २७ हजार ३ सय १७ जना अवैध आप्रवासी पक्राउ परेका छन् । उनीहरूमध्ये २० हजार ११४ जना विदेशी रहेको प्रहरीले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
सन् २०१९ भरीमा ६२ ओटा बेचविखन सम्वन्धी सञ्जाललाई तोडिएको र ५०५ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी ३ हजार २१ जनाको नक्कली तथा झुटो कागजपत्रहरू नियन्त्रणमा लिइएको थियो । मोरक्काेलाई युरोप जाने माध्यमका रूपमा अफ्रिकी अवैध आप्रवासीहरूले प्रयोग गर्ने गरेका छन् । त्यसैले मोरक्कोबाट धेरै आप्रवासीहरू पक्राउ पर्ने गरेका हुन् । रासस/सिन्ह्वा































प्रतिक्रिया