कङ्गोमा २५ सर्वसाधारणकाे हत्या

कङ्गोमा २५ सर्वसाधारणकाे हत्या

केन्द्रबिन्दु
0
Shares

लोकतान्त्रिक गणतन्त्र कङ्गोमा भएको एक घटनामा परी कम्तीमा २५ सर्वसाधारण मारिएका छन् । देशको पूर्वी क्षेत्रमा पर्ने तिङवेमा भएको घटनामा उनीहरुको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

आक्रमणको आरोप एडीएफ नामक लडाकूहरुको समूहलाई लगाइएको छ । तर यसको औपचारिक जिम्मेवारी भने कसैले लिएको छैन । घटनास्थल इरिन्गेतीदेखि आठ किलोमिटर टाढा पर्दछ । स्थानीय नागरिक अगुवाहरुले भने घटनामा ३० जनाको मृत्यु भएको दावी गरेका छन् ।

“सर्वसाधारण मानिसहरु नयाँ बर्ष मनाउन गएको ठाउँमा एडीएफ नामक लडाकू समूहले उनीहरुलाई एक एक गरेर हत्या गरेको हो,” एक अधिकारकर्मीले भने । कंगोमा सन् १९९० को दशकदेखि युगाण्डा मुस्लीम विद्रोही समूहको रुपमा क्रियाशिल रहेको छ । यीनीहरुको विद्रोहका कारण सयौँको मृत्यु भएको छ ।

Skip This
Skip This
Logo