फाँसीअघि नै मृत्यु भए पनि मुशर्रफको शवलाई तीन दिनसम्म झुण्ड्याऊ– अदालत

फाँसीअघि नै मृत्यु भए पनि मुशर्रफको शवलाई तीन दिनसम्म झुण्ड्याऊ– अदालत

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहमा दोषी ठहर गर्दै विशेष अदालतले फाँसीकाे सजाय सुनाउँदा कठोरता देखाएकाे छ ।

इण्डियन एक्सप्रेसमा प्रकाशित समाचारका अनुसार अदालतको फैसलामा लेखिएको छ, ‘मुशर्रफको मृत्यु फाँसीको सजायभन्दा पहिला भए पनि उनको शवलाई इस्लामावादको डी चोकमा तीन दिनसम्म झुण्ड्याउनू ।’

फैसलामा भनिएको छ,‘अभियुक्तलाई हरेक अपराधमा दोषी पाइएको छ । त्यसैले उनलाई फाँसीमा अन्तिम श्वाससम्म झुन्ड्याइनेछ ।’

‘हामी कानून प्रवर्तन एजेन्सीलाई यो निर्देशन दिन्छौं कि दोषी व्यक्तिलाई कानूनको तर्फबाट तय सजाय दिने काम पूरा होस् । उनको यसअघि नै मृत्यु भएमा उनको शवलाई पाकिस्तानको राजधानी इस्लामाबादको डी चोकमा ल्याइयोस् र त्यहाँ तीन दिनसम्म झुण्ड्याइयोस् ।’

७६ वर्षीय मुशर्रफ यतिबेला दुबईमा रहेका छन् । उनको त्यहाँ स्वास्थोपचार भइरहेको छ ।

Logo