काठमाडौं ।
पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई लाहौर उच्च अदालतले देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएपछि पाकिस्तानमा मत बाझिएको छ।
यसका साथै सडकमा मुशर्रफको विरोध गरेका छन् भने कोहीले अदालतको फैसलाको विरोध गरेका छन् । पाकिस्तानको सत्ता र राजनीतिमा अति महत्वपूर्ण स्थान लिँदै आएको आर्मीले अदालतको फैसलाप्रति निराशा व्यक्त गरेको छ।
पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले वक्तव्य जारी गर्दै भनेका छन् , अदालतको यो फैसलाले सेनालाई धक्का लागेको छ। यो निक्कै दुःखद कुरा हो।

गफूरले पूर्व सेना प्रमुख और पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफले देशको सेवा ४० वर्षसम्म गरेको तर यसलाई अदालतले नबुझेको आरोप लगाएका छन् । उनले वक्तव्यमा भनेका छन्, जसले देशको रक्षामा विद्रोह गरे, लडाइ लड्नु पर्यो। त्यो व्यक्ति आज कसरी देशद्रोही हुन सक्छ ? यो अदालती कारबाहीमा संविधानको उपेक्षा गरिएको छ। यहाँसम्म की अदालतले आफैंले बचाउ गर्ने मौका समेत दिएन । तर त्यो प्रत्येक नागरिकको नैसर्गिक अधिकार हो।
गफूरले मुशर्रफको फैसला देशको संविधान अनुसार हुनु पर्ने पाकिस्तानको सेना आशावादी रहेको समेत बताएका छन्। पाकिस्तानको इतिहासमा आर्मीका पूर्व प्रमुखमाथि देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला भएको यो पहिलो पटक हो। पाकिस्तानी सेनामा पूर्व अधिकारीहरुको प्रभाव रहेको ठानिन्छ।
पाकिस्तानी आर्मीले मुशर्रफलाई मृत्युदण्ड दिने लाहौर उच्च अदालतको फैसलाप्रति टिप्पणी गर्दै आफ्ना पूर्व प्रमुख कुनै पनि हालतमा देशद्रोही या गद्दार हुनै नक्सने बताएको छ । ७६ वर्षका मुशर्रफ सन् २०१६ यता देश बाहिर छन्। उनले अधिकांश समय लण्डन र दुबईमा बिताउँदै आएका छन् ।
लाहौर उच्चअदालतका तीन न्यायाधीशको बेन्चले बहुमतका आधारमा उनलाई मृत्युदण्डको सजाय सुनाएको हो । इस्लामावादको विशेष अदालतले सन् २०१४ मार्च ३१ मा देशद्रोहको एक मुद्दामा पाकिस्तानका पूर्व सैनिक राष्ट्रपति जनरल परवेज मुशर्रफलाई अभियुक्त बनाएको थियो।जनरल परवेज मुशर्रफले सन् १९९९ मा सैन्य विद्रोह गरेर पाकिस्तानको सत्ता आफ्नो हातमा लिएका थिए।
एजेन्सी





























प्रतिक्रिया