टोकियोमा सङ्कटकाल लगाउन सकिने सरकारको भनाइ

टोकियोमा सङ्कटकाल लगाउन सकिने सरकारको भनाइ

केन्द्रबिन्दु
0
Shares

जापानको राजधानी टोकियोमा मात्रै कोरोनाभाइरसबाट बिहीबार एकैदिन थप १ हजार ३०० बढी सङ्क्रमित भएका छन् । सङ्क्रमितको सङ्ख्या यसैगरी बृद्धि हुदै गएमा संकटकाल लगाउनुपर्ने अवस्था आउनसक्ने सरकारी अधिकारीहरूले चेतावनी दिएका छन् ।

प्रधानमन्त्री योशिहिडा सुगाले संकटकाल लगाउन आवश्यक छ की छैन भन्ने बारेमा सम्वन्धित मन्त्री र सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ । बिहीबार बेलुका भएको छलफलबाट तत्काल संकटकाल लगाउने निर्णय भने नभएको उनले बताए । तर संकटकाल लगाउनु पर्ने अवस्था आउन सक्ने बारेमा भने छलफलमा सहभागीहरूले बताएका थिए ।

बैठकपछि पत्रकारहरूसँग प्रधानमन्त्री सुगाले भने, “अहिलेसम्मको अवस्था हेर्दा सङ्क्रमणको दर बढ्दो छ, यो धेरै गम्भीर अवस्था हो ।”

उनले सवै नागरिकलाई मास्क लगाउन, सावुन पानीले हात धुन, सेनिटाइजरको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न पनि आह्वान गरे ।

स्थानीय सरकारसँग मिलेर प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न पनि उहाँले सरोकारवालाहरुलाई निर्देशन दिएका जनाइएको छ । जापानको राजधानी टोकियोमा मात्रै एकैदिनमा एक हजार ३३७ जना सङ्क्रमित थपिएको विवरण सार्वजनिक भए लगत्तै प्रधानमन्त्री सुगाले थप सक्रियता र चिन्ता देखाएका हुन् ।

यो दैनिक सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको जनाइएको छ । स्थानीय सञ्चार माध्यमहरुले देशभरी दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्या चार हजारभन्दा बढी रहेको जनाएका छन् ।

टोकियोका गभर्नर युरिको कोइकेले पनि सङ्क्रमितको सङ्ख्या तीब्र रुपमा बढ्दै गएकाले अहिलेको अवस्था चिन्ताजनक हुदै गइरहेको भन्दै उच्च सतर्कता अपनाउन सवैलाई आह्वान गरे ।

 

Skip This
Skip This
Logo