अल्जेरियामा निर्वाचनको विरोध गर्दै हजारौं नागरिक सडकमा

अल्जेरियामा निर्वाचनको विरोध गर्दै हजारौं नागरिक सडकमा

केन्द्रबिन्दु
0
Shares

अल्जेरिया ,

अल्जेरियाको निर्वाचन आयोगले बिहीबारको राष्ट्रपतीय निर्वाचनमा पूर्वप्रधानमन्त्री अब्देलमद्जिद तेब्बोन विजयी भएको जनाएको छ । ५८ प्रतिशत मत सहित उनि निर्वाचित भएको आयोगले शुक्रबार जानकारी दिएको हो ।

तर हजारौं प्रदर्शनकारी निर्वाचनको विरोध गर्दै सडकमा उत्रिएका छन् । शासक वर्ग नै शक्तिमा आएको भन्दै उनिहरुले विरोध गर्दै आएका हुन् । निर्वाचनमा सहभागी पाँचै जना पूर्व उच्चअधिकारी थिए । जसमध्ये दुईजना पूर्वप्रधानमन्त्री थिए ।

दुई पूर्वमन्त्री र एकजना सत्तारुढ पार्टीका केन्द्रीय समितिका सदस्य थिए । प्रदर्शनकारीले बिहीबार निर्वाचनको दिन पनि विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका थिए ।
एजेन्सी

Skip This
Skip This
Logo