म्यानमार रोहिंग्या: राष्ट्रसंघ अदालतमा सुकीद्धारा नरसंहारको आराेप अस्वीकार

म्यानमार रोहिंग्या: राष्ट्रसंघ अदालतमा सुकीद्धारा नरसंहारको आराेप अस्वीकार

केन्द्रबिन्दु
0
Shares

२०७६ मंसिर २५ ।  म्यान्मारकी चर्चित प्रजातन्त्रवादी नेतृ आङसान सुकीले मुसलमान रोहिंग्यामाथि अत्याचार गरेको दाबीको खण्डन गरेकी छन् ।

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय अदालतमा रोहिंगिया मुसलमानमाथि म्यान्मारले अत्याचार गरेको उजुरी परेपछि नोबेल शान्ति पुरस्कार विजेता सुकीले आरोपको खण्डन गर्दै भनिन्-‘ आराेप अपूर्ण र गलत छ ।’

म्यान्मारमा सन् २०१७ मा सेनाले गरेको कारबाहीमा हजारौं रोहिंगिया मुसलमान मारिनुका साथै ७ लाखभन्दा बढी ज्यान बचाउन छिमेकी मुलुक बंगलादेश भागेका थिए। म्यान्मारले राखिन राज्यमा जहिल्यै खतराको महसुस गरिरहेको बताउँदै आएको छ। सुकीले चरमपन्थीले सिर्जना गरेको खतरालाई समाप्त पारी देशमा शान्ति सुव्यवस्था स्थापना गराउन आफूले चालेको कदम न्यायिक भएको बताउँदै आएकी छन्। साथै र चरमपन्थीले गरेको प्रहरी चौकीमाथिको आक्रमणको कारण आन्तरिक सशस्त्र द्वन्द्व भएको  बताएकी छन् ।

रोहिंगियालाई समाप्त पार्ने उद्देश्यले सैनिक कारबाही सुरु गरेको र सेनाले शिविर पसेर सामूहिक बलात्कार, हत्या हिंसा गरेको र शरणार्थी शिविरमा आगो लगाएको आरोप म्यान्मारलाई छ।

अगस्टमा प्रकाशित एक रिपोर्टअनुसार म्यान्मारले नियोजित तरिकाले हत्याहिंसा, सामूहिक बलात्कार गर्नुका साथै यौन हिंसालाई प्रोत्साहन गर्न बालबालिका, महिला, पुरुष तथा तेस्रोलिङ्गीलाई प्रयोग गरेको आरोप छ। तर सुकीले संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय अदालतमा बयानमा देशको रक्षाका लागि आफू सधैं तयार रहेको बताएकी छन् ।

Skip This
Skip This
Logo