बार्सिलोना,
विश्व पशुपंक्षी अधिकार दिवस अधिकांश देशमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । तर स्पेनमा मनाइएको जनावर दिवसले भने धेरैलाई चकित तुल्यायो । यो दिवस मनाउने क्रममा पशुपंक्षीलाई काटमार गर्ने कामको विरोध गर्दै ७० जना अभियन्ताहरु नांगै सहरमा सुते ।
नांगो शरीरमा नक्कली रगत पोखेर उनीहरुले बार्सिलोना सहरमा विरोध जनाएका हुन् । डेलीमेलका अनुसार ब्ल्याक फ्राइडे को रुपमा क्याटालोनिया स्क्वायरमा उनीहरुले विरोध प्रदर्शन गरेका थिए ।
जुन भिडियो फूटेज अहिले सामाजिक सञ्जालमा पनि व्यापक शेयर गरिएको छ । हरेक वर्ष हजारौं पशुपंक्षीको हत्या तथा दुर्व्यवहारलाई रोक्नुपर्ने उनीहरुको माग छ । यस्तो अनौठो विरोध प्रदर्शनको कार्यक्रम पशु अधिकार संस्था अनिमा नेचुरलीसको आयोजनामा भएको थियो ।
प्रदर्शनको क्रममा उनीहरुले पीडा आनन्ददायक हुँदैन भन्दै नारावाजी समेत गरेका थिए । युरोपमा हरेक वर्ष भुवा तथा छाला प्रयोगका लागि ३ करोडभन्दा धेरै पशुको हत्या गरिन्छ ।
एजेन्सी































प्रतिक्रिया