इराकमा सरकार विरोधी प्रदर्शनमा ४२ जनाको मृत्यु

इराकमा सरकार विरोधी प्रदर्शनमा ४२ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बगदाद,

इराकमा सरकार विरोधी प्रदर्शनमा झडप हुँदा ४२ जनाको मृत्यु भएको छ । सरकारको विरोध गर्दै बगदाद र अन्य केही सहरमा प्रदर्शन जारी छ ।

मानव अधिकार आयोग र अनुगमनकर्ताहरुका अनुसार प्रहरीले प्रदर्शनकारीमाथि दमन गरेको छ । प्रहरीले प्रदर्शनकारीलाई ताकेर टियर ग्यास, रबर गोली प्रहार गरेको छ । सरकारको भ्रष्टाचार, बेरोजगारी जस्ता समस्या उठाउँदै सुरु भएको आन्दोलन तेस्रो सातासम्म जारी छ ।
एजेन्सी

Logo