जापानी सम्राट आकिहितोले आफ्नो छोरा नारुहितोलाई शासन सुम्पिदैछन्। ८५ वर्षीय आकिहितोले आफ्ना ५९ वर्षीय छोरा नोरुहितोलाई उत्तराधिकारी बनाउन लागेका हुन् ।
आगामी मंगलबार हुने उक्त राज्याभिषेक समारोहलाई निकै ऐतिहासिक बनाउनका लागि सरकारले एकैपटक पाँचलाख ५० हजार कैदीलाई रिहा गर्ने घोषणा गरेको छ ।
जेलमा सजाय भुक्तान गरिरहेका उनीहरुलाई समाजमा पुनःस्थापना गरेर सुधार्ने योजना सरकारले बनाएको छ । त्यस्तै लामो समयदेखि सजाय काटिरहेका र, जेलमा गम्भीर बिरामी भएका थप एक हजार कैदीहरुलाई पनि रिहा गरिनेछ।
कार्यक्रममा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारको राजकीय भ्रमण पुरा गरेर आज जापान जाने भएकी छन् । जापानी सम्राट् नोरुहितोको राज्याभिषेकमा सहभागी हुन राष्ट्रपति भण्डारीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जापान जान लागेको हो ।
थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल आज राति जापान पुग्नेछ । कात्तिक ६ गते राष्ट्रपति भण्डारी स्वदेश फर्कने कार्यक्रम छ ।
राष्ट्रपति भण्डारीले म्यानमार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यानमारको पाँच दिने राजकीय भ्रमण पूरा गरेकी थिइन् । राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी रहेका छन् । एजेन्सी





























प्रतिक्रिया