फिलिपिन्समा ६.३ म्याग्निच्युडको भूकम्प

फिलिपिन्समा ६.३ म्याग्निच्युडको भूकम्प

केन्द्रबिन्दु
0
Shares

मनिला,

फिलिपिन्समा ६ दशमलब ३ म्याग्निच्युडको भूकम्प जाँदा ५ जनाको मृत्यु भएको छ । अरु दर्जनौँ घाइते छन् । फिलिपिन्सको दक्षिणी भूभागमा भूकम्पको धक्का भएको हो । जसले गर्दा केही स्थानमा आगलागी तथा पहिरो समेत गएका छन् ।

बिहीबार नै डाभाओ ओरिएन्टल प्रान्तमा अर्को भूकम्पको अर्को धक्का पनि महसुश भएको अधिकारीहरुले जनाएका छन् । १९९० मा फिलिपिन्सको उत्तरी क्षेत्रमा ७ दशमलब ७ म्याग्निच्युडको भूकम्पबाट झण्डै २ हजार मानिसको मृत्यु भएको थियो ।
एजेन्सी

Logo