मेक्सिकोमा एम्बुस आक्रमणमा परि १४ प्रहरी अधिकृत मारिए

मेक्सिकोमा एम्बुस आक्रमणमा परि १४ प्रहरी अधिकृत मारिए

केन्द्रबिन्दु
0
Shares

मेक्सिको सिटी,

मेक्सिकोमा १४ जना प्रहरी अधिकृत एम्बुस आक्रमणमा मारिएका छन् । साथै ९ जना घाइते छन् । लागू औषध तस्करहरुको प्रभावित क्षेत्र पश्चिमी मिकोअकनमा हतियारधारी समूहले राखेको एम्बुसमा उनीहरुको ज्यान गएको हो ।

प्रहरी अधिकृतहरुलाई लक्षित गर्दै हतियारधारीहरुले गोली प्रहार समेत गरेका थिए । रक्षा मन्त्रालयका अनुसार सरकारले घटनाको बारेमा छानविन गरिरहेको छ ।
एजेन्सी

Logo