एजेन्सी । साउदी सरकारले अब अविवाहित जोडीलाई होटलमा कोठा लिएर एकसाथ बस्न दिने भएको छ । पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उद्देश्यले साउदी सरकारले यस्तो निर्णय गरेको हो ।
त्यस्तै जुनसुकै महिलाले होटलमा एक्लै कोठा लिएर बस्न सक्ने व्यवस्था पनि गरिएको छ । यस भन्दा पहिले विवाहित जोडीलाई पनि होटलमा सँगै बस्न नाता प्रमाणित गर्नुपर्ने थियो ।
विवाह भएको प्रमाणपत्र पेश गरे मात्रै होटलमा जोडीलाई सँगै बस्न अनुमति थियो । तर अब विदेशी जोडी साउदी अरब गएमा विवाहित रहेको प्रमाणित गर्नुपर्ने छैन ।
साउदीको पर्यटन तथा राष्ट्रिय सम्पदा मन्त्रालयले विदेशी जोडीका लागि त्यो नाता प्रमाण या रिलेशनशिपको प्रमाणको दस्तावेज होटल चेकिंगका क्रममा देखाउनु नपर्ने जनाएको छ ।
अब साउदी महिलाले पनि परिचयपत्र देखाएर होटलमा कोठा बुक गर्न सक्नेछन् । यसअघि साउदीले विदेशी युवतीहरूलाई स्कर्ट लगाएर हिड्ने पाउने व्यवस्था गरेको थियो । पर्यटन प्रवद्र्धनमा सक्रिय रहेको साउदीले विभिन्न नयाँ नयाँ घोषणा गर्दै आएको छ ।





























प्रतिक्रिया