हङकङमा मास्क लगाउन नपाइने, लगाउनेलाई २५ हजार डलर जरिवाना

हङकङमा मास्क लगाउन नपाइने, लगाउनेलाई २५ हजार डलर जरिवाना

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । हङकङमा आजदेखि मास्क लगाउन प्रतिबन्ध लगाएको छ । मास्क लगाएर मुख लुकाउनेलाई जरिवाना सहित जेल सजाय हुनेछ।

यो नियम उल्लंघन गर्नेलाई २५ हजार हङकङ डलर जरिवानाका साथै १ वर्षसम्म कैदको सजाय हुनेछ । शुक्रबार हङकङ विशेष प्रशासनिक क्षेत्रकी मुख्य प्रशासक क्यारी ल्यामले विशेष प्रशासनिक बैठकको आह्वान गरेर यस्तो निर्णय गरेको बेइजिङस्थित सञ्चारमाध्यमहरूले जनाएका छन्।

विवादास्पद सुपुर्दगी विधेयक फिर्ताका बाबजुद प्रदर्शनकारीहरूले हङकङमा तोडफोड जारी राखेका छन्। गत जुलाईदेखि भइरहेका तोडफोडमा संलग्नहरूले मुख छोपेका कारण पहिचानमा कठिनाइ भएपछि हङकङले ‘मास्क निषेध’ को नयाँ नीति ल्याएको हो।

विगत ४ महिनादेखि मुख लुकाएर प्रदर्शनकारीहरु हिंसात्मक गतिविधिमा गर्दै आएको भन्दै त्यसलाई निस्ते पार्न यस्तो निर्णय गरिएको प्रमुख क्यारीको भनाइ छ ।

Logo