मुम्बई । बलिउड अभिनेता वीजू खोटेको निधन भएको छ । चर्चित चलचित्र शोलेमा निभाएको भूमिकाका कारण चर्चामा आएका खोठेको ७७ वर्षको उमेरमा सोमबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी लामो समयदेखि बिरामी थिए ।
चलचित्रमा गब्बर सिंह (अमजद खान) सँग उनको डायलग ‘तेरा क्या होगा कालिया’ अहिले पनि सबैको मुखमा झुण्डिने गरेको छ । उनले चाइनागेट, मेला, अन्दाज अपना अपना, गोलमाल–३ र नगीनसहित ३ सयभन्दा बढी चलचित्रमा काम गरेका थिए ।





























प्रतिक्रिया