थिम्पु,
भारतीय सेनाको हेलिकप्टर भुटानको पूर्वी क्षेत्र योन्फुलामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । भारतीय सैनिकको तालिमका लागि खटिएको हेलिकप्टर शुक्रबार दुर्घटना भएको हो । दुर्घटनामा भुटानी नागरिक पनि परेका छन् ।
हेलिकप्टर अरुणाञ्चल प्रदेशको खिर्मुबाट योन्फुलाका लागि उडेको थियो । दिउसो १ बजे उक्त हेलिकप्टर योन्फुलाबाट सम्पर्कविहीन भएको हो । घटनास्थलमा सुरक्षाकर्मी उद्धारका लागि खटिएका छन् ।
एजेन्सी































प्रतिक्रिया