साउदीमा केटीहरूलाई स्कर्ट लगाएर घुम्ने अनुमति

साउदीमा केटीहरूलाई स्कर्ट लगाएर घुम्ने अनुमति

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । अब साउदीमा केटीहरूलाई स्कर्ट लगाएर घुम्न पाउने अनुमति मिलेको छ । विदेशी पर्यटकका लागि भन्दै साउदी अरेबियाले लचिलो नीति अपनाउँदै यस्तो छुट दिएको हो । साउदीले पर्यटन क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न ४९ देशका पर्यटकका लागि नयाँ भिसा कार्यक्रम घोषणा गर्ने जनाएको छ ।

परम्परागत मुस्लिम राज्य साउदीले भ्रमणमा आउने युवतीका लागि समेत अन्य मुलुकमा झैँ स्कर्ट लगाउन पाइने नीति ल्याएको छ । पर्यटन प्रमुख अहमद अल खतिबका अनुसार पर्यटक युवतीका लागि बुर्का अनिवार्य हुनेछैन ।

सरकारले नयाँ भिसा कार्यक्रम घोषणा गर्दै विदेशी कम्पनीलाई लगानीका लागि आह्वान समेत गरेको छ । चीन, जापान, यूरोप र अमेरिका लगायत मुलुकलाई लगानीको लागि आह्वान गरिएको हो । हाल साउदीमा सार्वजनिक स्थलमा महिलाका लागि पहिरनमा अनुदार नीतिका साथै पुरुष र महिला डेटिङ गर्नु प्रतिबन्ध थियो ।

Logo