भारत पाकिस्तान सीमानजिकै मंगलबार ६.३ म्याग्नेच्युडको भूकम्प गएको छ। स्थानीय समयअनुसार मंगलबार अपरान्ह ४:३३ बजे लाहौरबाट १७३ किलोमिटर उत्तरपूर्वमा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो।

भूकम्पको धक्का भारतको राजधानी नयाँदिल्लीसम्मै महसुस गरिए पनि यसले पाकिस्तानमा बढी क्षति गरेको छ । अहिलेसम्म प्राप्त जानकारी अनुसार पाकिस्तानको कस्मिरमा ५ को मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन् ।
मानिसहरू घर छोडेर बाहिर निस्किएका छन्। उद्धार कार्य सुरु गरिएको छ ।































प्रतिक्रिया