क्वालालाम्पुर,
मलेसियामा पछिल्लो केही दिन यता वायु प्रदुषणका कारण आम जनजीवनमा असर पर्ने देखिएपछि शतर्क रहन सचेत गराइएको छ । घातक वायुबाट आम जनजीवनमा असर पर्ने भन्दै केही सहरमा शतर्कता अपनाइएको हो ।
वायु प्रदुषणको स्तर नाप्ने ‘एयर पोलुसन इन्डेक्स, एपिआई’ का अनुसार २ सय पनि नाघिसकेको बताइएको छ । जुन ‘अति अस्वास्थ’ अवस्था भएको अधिकारीहरुले जनाएका छन् ।
वायु प्रदुषणका कारण सात राज्यका १४ सय ८४ वटा स्कुल बन्द गरिएको छ । लाखौं प्राथमिक तहका विद्यार्थीलाई स्कुल पठाइएको छैन । यस्तै युवा तथा खेलकुद मन्त्रालयसहित प्रभावित क्षेत्रका केही कम्पनी र संस्थानका कर्मचारीहरुलाई पनि घरबाटै काम गर्न भनिएको छ । वायुको बिग्रँदो अवस्थासँगै यहाँका प्रधानमन्त्री महाथिर मुहम्मदले यस्तो समस्या समाधान गर्नुपर्ने भन्दै चासो देखाएका छन् ।
एजेन्सी





























प्रतिक्रिया