कोलम्बिया,
कोलम्बियामा एउटा सानो जहाज दुर्घटना हुँदा सात जना यात्रुको मृत्यु भएको छ । अरु तीनजना घाइते छन् । ट्रान्सप्यासिफिको नामको स्थानीय कम्पनीको जहाज पोपायानमा दुर्घटनामा परेको हो ।
पोपायान सहर पहाडले घेरिएको सानो सहर हो । जहाँ २ लाख ७० हजार मानिस बसोबास गर्छन् । यात्रुवाहक जहाज पोपायानबाट लोपेज दे मिक्यातर्फ उँड्दै थियो ।
घटनापछि कोलम्बियाको उड्डयन विभागले दुर्घटनाको कारणबारे छानविन गर्ने जनाएको छ ।
एजेन्सी





























प्रतिक्रिया