नवाज सरिफ र उनकी छोरीले छिट्टै देश छाड्ने पिटिआईका नेताको दावी

नवाज सरिफ र उनकी छोरीले छिट्टै देश छाड्ने पिटिआईका नेताको दावी

केन्द्रबिन्दु
0
Shares

इस्लामाबाद,

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ र उनकी छोरी मरियम छिट्टै जेलमुक्त हुनसक्ने बताइएको छ । प्रधानमन्त्री इमरान खानको पार्टी पिटिआईका नेता हुमायुँ अख्तरका अनुसार उनीहरु छिट्टै देश छोड्ने तयारीमा पनि छन् ।

अख्तरले एक टिभी अन्तर्वार्तामा यस्तो दावी गरेका हुन् । उनले सरिफसँग एक सम्झौता भएको भन्दै त्यसको खुलासा पनि गरे । नवाज सरिफ र मरियम भ्रष्टाचार र अनियमित रुपमा आम्दानी गरेको अभियोगमा गत डिसेम्बरदेखि जेलमा छन् ।

समा टिभीको एक कार्यक्रममा अख्तरले यस्तो बताएका हुन् । तर नवाजको पार्टीका नेताहरुले कुनै किसिमको सम्झौता नभएको जिकिर गरेका छन् ।
एजेन्सी

Logo