जेट्लीको ६६ वर्षको उमेरमा एम्स अस्पतालमा शनिबार निधन भएको हो । "/>

भारतका पूर्व वित्तमन्त्री अरुण जेट्लीको निधन

भारतका पूर्व वित्तमन्त्री अरुण जेट्लीको निधन

केन्द्रबिन्दु
0
Shares

भारतका पूर्व वित्तमन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेट्लीको निधन भएको छ ।

जेट्लीको ६६ वर्षको उमेरमा एम्स अस्पतालमा शनिबार निधन भएको हो ।  गत अगस्ट ९ तारिखमा दिल्लीको एम्स अस्पतालाको आइसियूमा उनलाई भर्ना गरिएको थियो। किड्नी ट्रान्सप्लान्ट गरिसेकका जेट्ली क्यान्सरका बिरामी पनि थिए। जेट्लीको सफ्ट टिस्यु क्यान्सरको उपचार भइरहेको थियो।

जेट्लीको निधनमा भारतीय गृहमन्त्री अमित शाहले दु:ख व्यक्त गरेका छन्। ‘मैले सिनियर पार्टी लिडरलाई मात्र गुमाएको छैन, मैले त्यो अभिभावकलाई गुमाएँ जसले मलाई राम्रो दिशातर्फ गाइड गरिरहन्थे’, उनले ट्वीटमार्फत् भनेका छन् ।

Skip This
Skip This
Logo