अमेरिका,
के तपाईहरुले प्लाष्टिकसहितको वर्षा देख्नु भएको छ वा सुन्नु भएको छ ? छैन भने यहाँ प्लाष्लिटकसहितको वर्षाबारे जानकारी दिइएको छ । हालसालै अमेरिकामा गरिएको एक अध्ययन अनुसार प्लाष्टिकका कणसहितको वर्षा भइरहेको पाइएको हो । यो सर्वेक्षण अमेरिकी भूगर्भीय सर्वेक्षण र अमेरिकी विभागका वैज्ञानिकहरुले गरेका हुन् ।
वैज्ञानिकहरुले नांगो आँखाले प्लाष्टिक देख्न नसकेपछि माइक्रोस्कोप र डीजिटल क्यामेराको माध्यममा वर्षामा प्लाष्टिकको कण भेटेका हुन् । सर्वेक्षणमा ९० प्रतिशत प्लाष्टिकका कण भेटिएका थिए भने जसमा प्लाष्टिक फाइबरको मात्रा बढी थियो । सर्वेक्षण अनुसार ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी मात्रामा प्लाष्टिककण भेटिएको छ ।
पहाडी क्षेत्रको समुद्री सतहबाट १० हजार ४०० फीटको उचाइमा संकलन गरिएको पानीमा प्लाष्टिकका कणहरु भेटिएका छन्। यद्यपि यो स्पष्ट हुन नसकेपनि प्लाष्टिक कहाँबाट आयो भन्ने कुरा सोचनीय विषय भएको छ । पछिल्लो समयमा प्लाष्टिकको बढ्दो प्रयोग विश्वमै गम्भीर समस्या भएको छ ।
यस अध्ययनपछि विभिन्न प्रश्नहरु उठिरहेका छन् कि हावा, पानी र माटोमा कति प्लाष्टिक जम्मा हुँदैछ ? यसअघि वैज्ञानिकहरुले वर्षामा प्लाष्टिकका ससाना कणहरु पत्ता लगाएका थिए । दक्षिणी फ्रान्समा वैज्ञानिकहरुले वर्षासँगै प्लाष्टिकका कण खसेको देखेका थिए । त्यतिबेला समुद्रमा कयौं प्लाष्टिकका टुक्राहरु तैरिरहेको भेटिएको थियो । एक अर्को अध्ययनका अनुसार मानिसले प्रत्येक हप्तामा ५ ग्राम प्लाष्टिक खाँदैछन् जुन एक क्रेडिट कार्डको तौल बराबर हुन्छ ।
एजेन्सी





























प्रतिक्रिया