भेनेजुयलामाथि अमेरिकाको कडा नाकाबन्दी

भेनेजुयलामाथि अमेरिकाको कडा नाकाबन्दी

केन्द्रबिन्दु
0
Shares

काराकास,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुयाली सरकारमाथि विस्तारित नाकावन्दी लगाउँदै अमेरिकामा रहेको त्यसको सारा सम्पत्ति रोक्का गर्दै त्यसको कारोवार गर्न नपाउने घोषणा गरेका छन् । यस पछिल्लो नाकावन्दीले विगतका नाकावन्दीहरुका तुलनामा भेनेजुयलाको समाजवादमा सरकारलाई अत्यन्तै नराम्ररी धक्का पुग्ने अनुमान गरिएको छ ।

भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोलाई पदबाट राजिनामा दिन लगाउन थप दवाव दिने उद्देश्यले अमेरिकाले यो कदम चालेको हो । अमेरिका लगायत विश्वका पचास वटा भन्दा बढि मुलुकले मादुरोलाई भेनेजुयलाका वैधानिक राष्ट्रपतिको मान्यता दिएका छैनन् ।

अमेरिकाले त्यहाँका राष्ट्रिय सभाका अध्यक्ष हुवाँ गुआइदोलाई समर्थन गरेको थियो । गत जनवरीमा गुवाइदोले आफुलाई राष्ट्रपति घोषणा गरेका थिए । ट्रम्पले यस्तो व्यहोरा लेखिएको कार्यकारिणी पत्र , ‘ अमेरिकामा रहेको भेनेजुयला सरकारका सम्पूर्ण जायजेथा र त्यसको ब्याज समेत रोक्का गरिनेछ । सो सम्पत्तिको भुक्तानी , आयात , निकाल्ने वा अन्य कुनै कारोवार गर्न दिइने छैन । ’

साथै भेनेजुयलाका जनता र कम्पनीले समेत अमेरिकामा रहेका आफ्ना सम्पत्तिको भोग चलन गर्न नपाउने भएको छ । अमेरिकाले भेनेजुयला लगायत क्युवा , सिरिया , इरान र उत्तर कोरियामाथि पनि नाकावन्दी लगाउँदै आएको छ । अमेरिकाको यो पछिल्लो कदम मादुरो लगायत भेनेजुयलाका अन्य थुप्रै नेता लगायत सरकारी तेल कम्पनी पिडिभिएसए, सेन्ट्रल बैंक र डेभलपमेन्ट बैंकमाथि लक्षित रहेको छ ।
एजेन्सी

Logo